प्रधानमन्त्री कार्कीलाई पाकिस्तानद्वारा बधाई

प्रधानमन्त्री कार्कीलाई पाकिस्तानद्वारा बधाई

काठमाण्डौ – पाकिस्तानले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त हुनुभएकामा बधाई ज्ञापन गरेको छ ।

प्रधानमन्त्री शहबाज सरिफले कार्कीलाई बधाई दिँदै दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनका लागि सहकार्य गर्न तत्पर रहेको बताउनुभएको काठमाण्डौमा रहेको पाकिस्तानी राजदूतावासले जनाएको छ ।

पाकिस्तानी प्रधानमन्त्रीले कार्कीलाई पठाउनुभएको शुभकामना सन्देशमा नेपाली नागरिकको शान्ति र प्रगतिको कामना पनि गर्नुभएको छ ।

यसअघि भारत, चीन, अमेरिका बेलायत, जापान, संयुक्त राष्ट्रसङ्घलगायतले कार्कीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । पूर्वप्रधानन्यायाधीश कार्की अस्ति शुक्रवार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।

प्रकाशित मिति : आइतबार, भाद्र २९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij