काठमाण्डौ – आज पनि देशका धेरै ठाउँमा दिनभरजसो झरी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । अरू ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ ।
गएराति कोशी र मधेश प्रदेशका केही ठाउँमा ठूलो पानी परेको छ । सर्लाही, सप्तरी, रौतहट, उदयपुरलगायतका ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अरू ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । ठूलो पानी परेका ठाउँमा बाढीको जोखिम रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।
पूर्वी पहाडी तथा तराईका जिल्लामा भएको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५२ वटा मूल र चार वटा नहरको गरेर ५६ वटा ढोकामध्ये ३५ वटा ढोका खुल्ला गरिएको र खतरास्वरुप रातो बत्ती बालिएको छ ।
प्रकाशित मिति : बिहिबार, असोज २ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्