बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सेवा प्रवाहमा कुनै प्रकारको ढिलासुस्ती नगर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । आज बसेको लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकलाई सम्बोधन गर्दै उनले सेवा प्रवाहमा सुधार आवश्यक रहेको बताएका हुन् ।
उनले पुरानो अवस्थामा अघि बढ्न खोज्दा नयाँ पुस्ताले स्वीकार नगर्ने भएकोले सेवा प्रवाह सुधार गर्न जरुरी रहेको बताए ।
मुख्यमन्त्री आचार्यले भदौ २३ र २४ गतेको आन्दोलनका कारण रोकिएको सेवा प्रवाह तत्काल सुचारु गर्न विषयगत मन्त्रालयहरूलाई निर्देशन समेत दिए ।आन्दोलनका क्रममा भएको भौतिक क्षतिबारे जानकारी दिँदै उनले मर्मत सम्भार गरेर कार्यालयहरूलाई पुनः सञ्चालनमा ल्याइने बताए ।
प्रकाशित मिति : बिहिबार, असोज २ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्