पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने खण्ड एकतर्फी सञ्चालनमा ः सडक चिप्लो भएका कारण उकालोमा गाडी चढ्न सकेनन्

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने खण्ड एकतर्फी सञ्चालनमा ः सडक चिप्लो भएका कारण उकालोमा गाडी चढ्न सकेनन्

file

नवलपरासी, पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्ने खण्ड एकतर्फी सञ्चालनमा रहेको छ । नवलपरासी पूर्वको दाउन्ने विश्वकर्मा मन्दिर क्षेत्रमा सडक चिप्लो भएका कारण उकालोमा गाडी चढ्न सकेका छैनन् ।

पानी परेपछि सडक हिलाम्मे भएकाले हिजो बेलुकादेखि नै समस्या भएको र गाडीको लामो जाम रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ । सयौँको संख्यामा यात्रु दाउन्नेमा अलपत्र परेका छन् ।

आज बिहान पनि हल्का पानी परिरहेको र घाम नलाग्दासम्म सडक सहज हुने अवस्था नरहेको प्रहरीको भनाइ छ । उकालोमा ठूला गाडी फस्ने गरेका कारण दाउन्ने क्षेत्रमा पटक–पटक यात्रुले सास्ती झेल्दै आएका छन् ।

प्रकाशित मिति : शुक्रबार, असोज ३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij