मुग्लिन–नारायणगढ सडक आज पनि रातभर बन्द, यात्रु अलपत्र

मुग्लिन–नारायणगढ सडक आज पनि रातभर बन्द, यात्रु अलपत्र

काठमाडौं – लगातार पहिरो खसिरहेकाले मुग्लिन–नारायणगढ सडकखण्ड आज रातभर पनि बन्द हुने भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका एसपी गोविन्द पुरीका अनुसार शनिबारदेखि रोकिएको सवारी आवागमन आइतबार बिहानसम्म खुल्न नसक्ने अवस्था देखिएको हो ।

‘आज रातभर सडक नखुल्ने भयो । पहिरो निरन्तर आइरहेकाले अवरोध हटाउन सकिएन,’ एसपी पुरीले जानकारी दिए, ‘भोलि बिहान ४–५ बजेदेखि काम सुरु हुन्छ, तर मध्यान्ह १२ बजेअघि सहज आवागमन हुने देखिँदैन ।’

चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित तुइन खोलामा शुक्रबार रातिदेखि लगातार पहिरो खसिरहेका कारण सडक अवरुद्ध भएको हो । सडक अवरोधका कारण धेरै यात्रुहरू बाटोमै अलपत्र परेका छन् ।

प्रहरी र जिल्ला प्रशासन कार्यालयले शनिबार दिउँसो अलपत्र यात्रुका लागि पानी र खानाको व्यवस्था गरेका थिए । राजमार्ग आसपासका व्यवसायीलाई पनि यात्रुको सहजीकरणका लागि सहयोग गर्न अनुरोध गरिएको छ ।

सडक अवरोधले दशैं नजिकिँदै गर्दा यात्रुहरू थप समस्यामा परेका छन् । अवरोध मुग्लिनबाट करिब २.५ किलोमिटर नारायणगढतर्फ परेको हो । अहिले राजमार्गको दुवै तर्फ सवारी साधनको लामो लाइन लागेको छ ।

यस्तै, सडक समस्या समाधानका लागि भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमा शनिबार दिउँसो छलफल भएको थियो । मन्त्री कुलमान घिसिङले सडक छिटो खोल्ने र वैकल्पिक व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

प्रकाशित मिति : शनिबार, असोज ४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij