नवरात्रको छैठौं दिन आज पनि स्कन्दमाताको आरधना गरिंदै

नवरात्रको छैठौं दिन आज पनि स्कन्दमाताको आरधना गरिंदै

आश्विन शुक्ल पञ्चमी। नवरात्रको छैटौँ दिन भए पनि शनिबार पञ्चमी तिथि भएकाले नवदुर्गामध्येकी पाँचौँ रूप स्कन्दमाताको पूजा(आराधना गरिँदैछ।

स्कन्दमाता भगवती पार्वतीकै रूप भएको पुराणमा उल्लेख छ। स्कन्दकुमार कुमार की माता भएकीले यिनको नाम स्कन्दमाता रहेको बताइन्छ।

गोरो वर्ण, चार हात भएकी यिनको काखमा ६ मुख भएका स्कन्दकुमार छन्। यिनको यो स्वरूपलाई मातृरूप मानिन्छ। कमलको आसनमा बसेकी हुनाले स्कन्दमातालाई पद्मासना पनि भनिन्छ।

नवरात्रमा प्रत्येक दिन एक(एक देवीको आराधना गर्ने परम्परा छ। श्रद्धालु घटस्थापना गरिएको स्थान वा विभिन्न शक्तिपीठमा पुगेर शक्तिस्वरूपा भगवतीको आराधना गर्छन्।

आश्विन शुक्ल प्रतिपदा अर्थात् घटस्थापनाका दिन ‘दुर्गाघट’ स्थापना गरिएको दशैँघरमा नवमीसम्म प्रत्येक दिन क्रमैसँग एक(एक देवीको उपासना गर्ने परम्परा छ।

नवरात्रभरि महाकाली(महालक्ष्मी(महासरस्वतीरूपिणी शक्तिस्वरूपा भगवतीको आराधना गर्ने परम्परा छ।

प्रकाशित मिति : शनिबार, असोज ११ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij