बुटवलबाट दसैँमा करिब १ लाख ५० हजार यात्रु बाहिरिए

बुटवलबाट दसैँमा करिब १ लाख ५० हजार यात्रु बाहिरिए

बुटवल – घटस्थापनादेखि फूलपातीसम्मको अवधिमा बुटवलबाट करिब डेढ लाख यात्रु बाहिरिएको अनुमान गरिएको छ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका प्रमुख एसपी मित्रबन्धु शर्माका अनुसार प्रहरीले संकलन गरेको तथ्याङ्कअनुसार बस समितिबाट मात्रै करिब ४५ हजार यात्रु टिकट काटेर यात्रा गरेका छन्। त्यस्तै, जिप, निजी सवारीसाधन र अन्य माध्यममार्फत यात्रु बाहिरिने सङ्ख्या जोड्दा करिब १ लाख ५० हजार पुगेको अनुमान गरिएको हो।

“ठ्याक्कै यति भन्न सकिँदैन, तर घटस्थापनादेखि फूलपातीसम्म बुटवलबाट करिब डेढ लाख यात्रु बाहिरिएको अनुमान छ,” एसपी शर्माले बताए।

दसैँ मनाउन मात्र नभई व्यापार, अध्ययन र रोजगारीका क्रममा बाहिर रहेका मानिस घर फर्कन थालेपछि राजधानी काठमाडौँसहित देशका विभिन्न सहरबाट बुटवल आउने यात्रुको सङ्ख्या पनि उल्लेख्य रूपमा बढेको प्रहरीले जनाएको छ।

लुम्बिनी प्रदेशका पहाडी जिल्ला गुल्मी, अर्घाखाँची, पाल्पा, रोल्पा, प्युठान र दाङका नागरिकको ठुलो सङ्ख्याले बुटवललाई आफ्नो आधारस्थल बनाएका छन्। उनीहरू अहिले घर फर्कन थालेसँगै बुटवल बसपार्क र अन्य यातायात केन्द्रहरू चहलपहलयुक्त बनेका छन्।

प्रकाशित मिति : मंगलबार, असोज १४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij