लगातारको वर्षाले विभिन्न ठाउँमा बाढी तथा डुबानको उच्च जोखिम

लगातारको वर्षाले विभिन्न ठाउँमा बाढी तथा डुबानको उच्च जोखिम

file

काठमाण्डौ – देशका धेरैजसो ठाउँमा लगातार वर्षा भइरहेकाले बाढी तथा डुबानको जोखिम बढ्दै गएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । विशेषगरी तराई र भित्री मधेशका साथै केही पहाडी क्षेत्रका खोलानालामा आकस्मिक बाढीको खतरा रहेको महाशाखाले जनाएको छ । बारा, पर्सा र रौतहटका साना खोलानालामा पानीको बहाव उल्लेख्य रूपमा बढेकाले तटीय क्षेत्र र डुबान सम्भावित होचा भू–भागमा उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

यस्तै ललितपुरको खोकनामा बागमती नदी जलमापन केन्द्रमा जल सतह सतर्कता तह पार गरिसकेको र अझै बढ्दो क्रममा रहेको छ । यस क्षेत्रमा समेत डुबानको जोखिम उच्च रहेको विभागले जनाएको छ । आज रातिदेखि नवलपरासी (पूर्व र पश्चिम), तनहुँ, लमजुङ, गोरखा, धादिङ, चितवन, मकवानपुर, काठमाण्डौ उपत्यकासहित मधेशका वारा, पर्सा, रौतहट, सर्लाहीमा पनि आकस्मिक बाढीको सम्भावना रहेकोले उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

भोलि विहानदेखि बेलुकीसम्म नारायणी, कालिगण्डकी, त्रिशुली, मस्र्याङ्दी, सेती, मादी, दरौंदी, पूर्वी राप्ती, बागमती र कमला लगायतका प्रमुख नदी तथा तिनका शाखा खोलानालामा पानीको बहाव तीव्र गतिमा बढ्न सक्ने र सतर्कता तहसम्म पुग्न सक्ने महाशाखाको पूर्वानुमान छ । भोलि रातिदेखि कोशी र कन्काई जलाधार क्षेत्रहरूमा पनि उल्लेख्य बहाव बढ्ने अनुमान गरिएको छ । भिरालो र कमजोर जमिन भएका ठाउँहरूमा लगातारको वर्षाका कारण पहिरोको जोखिम पनि उत्तिकै रहेकोले सावधानी अपनाउन आग्रह गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागले बाढी तथा डुबान हुन सक्ने क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई सतर्क रहन, आवश्यक परे सुरक्षित ठाउँमा जान र स्थानीय प्रशासन तथा सरोकारवाला निकायको सूचनालाई पालना गर्न आग्रह गरेको छ । ताजा जानकारीका लागि विभागले ‘नेपाल बाढी सूचना’ नामक फेसबुक पेज तथा ट्विटर/एक्स हेर्न सबैलाई अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति : शनिबार, असोज १८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij