बडादशैँको टीका आज पनि लगाइँदै

बडादशैँको टीका आज पनि लगाइँदै

काठमाडौँ : आश्विन शुक्ल पक्षको द्वादशी। बडादशैँको टीका लगाउने क्रम शनिबार पनि जारी छ। आइतबार १७ घडी १२ पला अर्थात् दिउँसो १२ बजेर ५६ मिनेटसम्म द्वादशी तिथि छ।

बडादशैँ अर्थात् शरद नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने परम्परा छ। घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जान्छन्। टाढा रहेका बन्धु, मावली र ससुरालीलगायत नाताकहाँ टीका लगाउन जाने चलन छ। यो क्रम पूर्णिमासम्म रहन्छ।

आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन जमरा विसर्जन गरेपछि टीका लगाउने क्रम समाप्त हुन्छ।

तर भारी वर्षा र अति भारी वर्षाका कारण बडादशैँको टिका प्रभावित भएको छ। वर्षासँगै बाढीपहिरोले ठाउँठाउँमा बाटो अवरुद्ध भएपछि सरकारले लामो दूरीका यातायात बन्द गरेका कारण टिका लगाउन जान पाएनन् भने टीका लगाउन गएकाहरू त्यतै रोकिएका छन्।

 

प्रकाशित मिति : आइतबार, असोज १९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij