कालीगण्डकी बचत तथा ऋण सहकारी संस्था लि ले मनायो १५औं स्थापना दिवस 

कालीगण्डकी बचत तथा ऋण सहकारी संस्था लि ले मनायो १५औं स्थापना दिवस 

जन्म दिनमा रक्तदान

तिलोत्तमा, 

रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नं तीनमा रहेको कालीगण्डकी बचत तथा ऋण सहकारी संस्था लि ले आफ्नो स्थापनाको १५औं स्थापना दिवस भब्य रुपमा सम्पन्न गरेको छ।

सामाजिक उत्तरदायित्व वहन गर्दै चाडबाडको समयमा रक्त जन्य पदार्थको अभावमा कसैले मृत्यु बरण गर्नु नपरोस् भन्ने उद्देश्यले संस्थाले रक्तदान कार्यक्रम आयोजना गरी आफ्नो स्थापना दिवस मनाएको हो।

कार्यक्रममा संस्थाका सल्लाहकार एवं जिल्ला सहकारी संघ का सचिव बेल प्रसाद शर्माले सहकारीले सामाजिक उत्तरदायित्व वहन गरि महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा धन्यवाद दिनुभयो। सो अवसरमा आजै जन्मदिन पर्ने तिलोत्तमा नगरपालिका वडा नं तीन का कृष्ण क्षेत्रीले आफ्नो जन्म दिन र सहकारीको स्थापना दिवस एकैदिन पर्ने भएकाले पुण्य काम गर्ने अवसर मिलेकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले आज १७औं पटक रक्तदान गरिसकेको पनि जानकारी गराउनुभयो।

रक्तसंचार सेवा केन्द्र बुटवलको प्राबिधिक सहयोगमा सञ्चालित कार्यक्रममा २० युनिट रगत संकलन भएको रक्तसंचार सेवा केन्द्र बुटवलका निराजन राजभण्डारीले जानकारी दिनुभयो।

संस्थाका अध्यक्ष अर्जुन प्रसाद सापकोटा को अध्यक्षता , संस्थाका उपाध्यक्ष एवं स्वास्थ्य उप समिति संयोजक प्रभा भण्डारीको स्वागत तथा सचिव कल्पना शर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको हो।

संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत बिगत देखि रक्तदान कार्यक्रमलाई निरन्तरता दिदै आइरहेको छ ।

प्रकाशित मिति : मंगलबार, असोज २१ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij