काठमाण्डौ – इलाममा ४० वर्षयताकै अधिक वर्षा हुँदा जनधनको ठूलो क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले इलाममा बाढीपहिरोले धेरै क्षति हुनुको कारण धेरै वर्षा भएको जनाएको छ । जल तथा मौसम विज्ञान विभागकाअनुसार गएको असोज १७ र १८ गतेको ठूलो वर्षाले इलामको सूर्योदय नगरपालिकाको हिमाली गाउँ स्टेशनमा यसअघिको रेकर्ड नै ब्रेक गरेको हो ।
यसअघि हिमाली गाउँमा सन् १९८३ जुलाइ १५ मा ३२०।६ मिलिमिटर वर्षा मापन भएको थियो । तर यसवर्ष भने ३३२।६ मिलिमिटर वर्षा मापन भएको छ । यसपालि इलाम, पर्सा र रौतहटमा अति उच्च वर्षा भएको छ । दोस्रो धेरै वर्षा भएको रौतहटको गौर हो । गौरमा यसअघि ३०१।५ मिलिमिटर वर्षा भएकोमा यस वर्ष ३१५ मिलिमिटर वर्षा भएको छ ।
त्यस्तै पर्साको वीरगञ्जमा यसवर्ष २९४।५ मिलिमिटर वर्षा भएको छ । वीरगञ्जमा यसअघि उच्च २७३।२ मिलिमिटर वर्षा भएको थियो । त्यस्तै इलामको इलाम टि—स्टेटमा दुई सय ८० मिलिमिटरसम्म वर्षा भएको छ । यसअघि त्यहाँ २७३।२ मिलिमिटर वर्षा भएको थियो । यि क्षेत्रमा विगतको तुलनामा वर्षाले नयाँ रेकर्ड बनाएको हो । इलाममा बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या ३९ पुगेको छ भने समग्र कोशी प्रदेशमा ४७ जनाले ज्यान गुमाएका छन् ।
प्रकाशित मिति : बुधबार, असोज २२ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्