ओली, देउवा, प्रचण्डलगायतको मापदण्ड विपरीतका सबै सुरक्षाकर्मी फिर्ता हुने

ओली, देउवा, प्रचण्डलगायतको मापदण्ड विपरीतका सबै सुरक्षाकर्मी फिर्ता हुने

काठमाडौँ , सरकारले पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, शेरबहादुर देउवा, प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराईसहित सबै पूर्वपदाधिकारीहरुले लिँदै आएको मापदण्ड विपरीतका सबै सुरक्षाकर्मी फिर्ता बोलाउने निर्णय गरेको छ।

गृह मन्त्रालयले पूर्वपदाधिकारीहरूलाई स्वीकृत मापदण्डभन्दा बढी र मापदण्डबिना प्रदान गरिएका सुरक्षाकर्मी सम्बन्धित सुरक्षा निकायले तत्काल फिर्ता बोलाउने निर्णय गरेको हो । यो निर्णय वहालवाला पदाधिकारीहरूको हकमा पनि भएको गृह मन्त्रालय स्रोतले बताएको छ ।

गृहको निर्णयसँगै शुक्रबार बिहानसम्ममा मापदण्ड विपरीतका सुरक्षाकर्मी फिर्ता भइसक्नेगरी सर्कुलर गरेको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले जानकारी दिए ।

हाल सबैजसो पूर्वप्रधानमन्त्रीहरुले मापदण्ड विपरीतका सुरक्षाकर्मी प्रयोग गर्दै आएका छन् । सरकारको निर्णयअनुसार ती अब सबै फिर्ता हुनेछन् ।

प्रकाशित मिति : शुक्रबार, असोज २४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij