काठमाण्डौ – नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ । अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि आज बस्न तय गरिएको बैठक स्थगित गरेको उपमहासचिव विष्णु रिमालले जानकारी दिनुभयो । उहाँका अनुसार बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।
अध्यक्ष ओलीको निवास गुण्डुमा हिजो झन्डै साढे ६ घन्टा बैठक चलेर आजका लागि स्थगित भएको थियो । हिजोको बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, रामबहादुर थापा ‘बादल’, गुरू बराल, महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवालीले धारणा राख्नुभएको थियो
प्रकाशित मिति : शनिबार, असोज २५ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्