काठमाडौँ, । निर्वाचन आयोग नेपालले निर्वाचनको तयारीका विषयमा राजनीतिक दलसँग छलफल सुरु गरेको छ । आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको अध्यक्षतामा अहिले आयोगमा दलहरूको बैठक बसिरहेको हो ।
प्रमुख आयुक्त भण्डारीले निर्वाचनमा सहभागी हुन चाहनेले कात्तिक मसान्त अगावै दल दर्ता गर्नुपर्ने जानकारी दिनुभएको छ । फागुन २१ गतेको निर्वाचनमा प्रतिस्पर्धा गर्न कात्तिक ३० गते अगाडि नै दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने छ ।
‘‘नयाँ आउने दललाई हामीले २०८२ साल कात्तिक मसान्त अगावै निर्वाचन आयोगमा दर्ता गरेर प्रमाणपत्र लिइसक्नु पर्छ । फागुन २१ को चुनावमा प्रतिस्पर्धा गर्न कात्तिक ३० गते अगाडि नै दल दर्ताको प्रमाणपत्र लिइसक्नु पर्छ ।
आयोगमा १२२ वटा दल दर्ता भएका छन् । यसका अतिरिक्त नयाँ दल दर्ता भइरहेका छन् । कात्तिक मसान्त अगाडि दर्ता भएको, प्रमाणपत्र लिएको, निर्वाचनमा आफ्नो घोषणापत्र र कार्यक्रममार्फत् सरिक हुन चाहने दलले चुनावी प्रतिस्पर्धामा सहभागी हुन पाउने छन् ।
प्रकाशित मिति : बिहिबार, असोज ३० २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्