आज यमदीप दान गरिँदै

आज यमदीप दान गरिँदै

तिलोत्तमा, कार्तिक कृष्ण त्रयोदशीमा गरिने यमदीपदान आज साँझ गरिँदैछ। शनिवार द्वादशी भए पनि अपराह्न त्रयोदशी लाग्ने भएकाले यमदीपदान गर्न लागिएको हो। तिहारको पहिलो दिन कागतिहार भने आइतबार परेको छ।

शनिबार १८ घडी १३ पला अर्थात् दिउँसो १ बजेर २३ मिनेटसम्म द्वादशी तिथि छ। त्यसपछि त्रयोदशी लाग्छ। भोलि दिउँसो १ बजेर ५६ मिनेटसम्म त्रयोदशी छ। साँझकालमा त्रयोदशी भएका दिन यमदीपदान शुरु गर्नुपर्ने र प्रातः कालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्था रहेको छ ।

यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ। यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धर्मशास्त्रमा उल्लेख गरिएको छ।

पञ्चाङ्ग निर्णायक समितिबाट सिफारिस प्राप्त पात्रोमा आइतबार बिहान कुकुर पूजा र साँझ लक्ष्मीपूजा गर्नुपर्ने उल्लेख छ।

प्रकाशित मिति : शनिबार, कार्तिक १ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij