काठमाडौँ , कार्तिक कृष्ण औँसी भए पनि मंगलबार तिहारका कुनै पनि पर्व परेको छैन।
सामान्यतया कार्तिक कृष्ण औँसीको रात्रिमा लक्ष्मीपूजा गर्ने परम्परा छ । तर औँसी तिथि दिउँसो नै लागेको भन्दै सोमबार राति नै लक्ष्मीपूजा गर्न पञ्चाङ्ग निर्णायक समतिले निर्देश गरेको थियो। त्यसैले धेरैले सोमबार बिहान कुकुरपूजा गरी राति लक्ष्मीपूजा गरे।
मूल वैदिक परम्पराका अनुयायीले भने तिथि नटुट्ने भन्दै मंगलबार नै लक्ष्मीपूजाको तयारी गरेका छन्।
समितिले भने मंगलबार तिहार अन्तर्गतका कुनै पनि कर्म गर्न नसकिने बताएको छ। बुधबार नै गाई(गोरुपूजासहित गोवर्धनपूजा गर्न निर्देश गरेको समितिका अध्यक्ष प्रा।शम्भुप्रसाद ढकालले बताए। यस्तै नेपाल संवतको नयाँ वर्षसँगै म्हपूजा पनि बुधबार नै परेको उनले जानकारी दिए। ‘आज ९मंगलबार० तिहारका कुनै पर्व परेको छैन। केवल पितृकार्य मात्र गर्न सकिन्छ’, उनले भने।
प्रकाशित मिति : मंगलबार, कार्तिक ४ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्