अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सीबीच दक्षिण कोरियामा भेटवार्ता हुँदै

अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सीबीच दक्षिण कोरियामा भेटवार्ता हुँदै

काठमाडौं , अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीच आज दक्षिण कोरियामा भेटवार्ता हुने भएको छ। हाल तीव्र रूपमा चर्किँदै गएको दुई देशबीचको व्यापार युद्धबीच शीर्ष नेताहरूको यो भेटले अन्तर्राष्ट्रिय समुदायको ध्यान खिचेको छ ।  दक्षिण कोरियाको स्थानीय समयानुसार बिहान ११ बजे ट्रम्प र सीबीच बुसान सहरमा भेट हुने अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ । चीनको विदेश मन्त्रालयले पनि उक्त भेटको समय तय भएको पुष्टि गरेको छ ।

विदेश मन्त्रालयका अनुसार दुई नेताबीच द्विपक्षीय सम्बन्ध, आपसी हितका मुद्दा र आर्थिक सहकार्यका विषयमा गहिरो छलफल हुनेछ ।

दक्षिण कोरियाको ग्याङ्झूमा बुधबार आयोजित स्वागत भोजमा राष्ट्रपति ट्रम्प सहभागी भएका थिए, जहाँ दक्षिण कोरियाका राष्ट्रपति लि जे म्युंगले उनलाई सुनको विशेष ताज उपहार दिएका थिए ।

ट्रम्प र सीले आजदेखि सुरु भएको एसिया प्यासिफिक इकोनोमिक कोअपरेशन ९एपेक० को शिखर सम्मेलनमा पनि भाग लिने कार्यक्रम रहेको छ । यो उच्चस्तरीय भेटवार्ताबाट अमेरिका(चीन सम्बन्धमा नयाँ कूटनीतिक सन्तुलन कायम हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : बिहिबार, कार्तिक १३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij