मन्त्री र सचिवहरुलाई प्रधानमन्त्री कार्कीको निर्देशन : जेन–जी विद्रोहको मर्म र भावना अनुसार मन्त्रालयको ब्लुप्रिन्ट तयार पार्नु

मन्त्री र सचिवहरुलाई प्रधानमन्त्री कार्कीको निर्देशन : जेन–जी विद्रोहको मर्म र भावना अनुसार मन्त्रालयको ब्लुप्रिन्ट तयार पार्नु

 

काठमाण्डौ – प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री तथा सचिवहरूलाई १४ बुँदे निर्देशन दिनुभएको छ । उहाँले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बैठक राखेर जेन–जी विद्रोहको मर्म र भावनाअनुसार काम गर्न र नागरिकले प्रत्यक्ष अनुभूति हुनेगरी सबै मन्त्रालयहरुले ब्लुप्रिन्ट तयार पार्न निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री कार्कीले सरुवा, बढुवा प्रणालीलाई पारदर्शी बनाउनेदेखि सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न र सार्वजनिक कोषको प्रभावकारी एवम् नतिजामूलक उपयोग गर्न अर्थ मन्त्रालयले जारी गरेको परिपत्रलाई कडाइका साथ पालना गर्न पनि निर्देशन दिनुभएको छ ।

निजी क्षेत्रको मनोबल वृद्धि गरी औद्योगिक वातावरणमा सुधार गर्न आवश्यक संवाद, सहजीकरण र सहकार्य गर्न पनि प्रधानमन्त्री कार्कीको निर्देशनमा उल्लेख छ । उहाँले आन्दोलनका क्रममा क्षतिग्रस्त संरचनाको नोक्सानीको प्रतिवेदन तत्काल तयार पारी पुननिर्माणको नीति र कार्ययोजना बनाउन पनि निर्देशन दिनुभएको छ ।

यस्तै प्रधानमन्त्री काकीले चुनावको वातावरण बनाउन आफूले पहल गरिरहेको भन्दै चुनावको पूर्व तयारीका लागि आ–आफ्ना जिम्मेवारीका कार्यहरूलाई चुस्त दुरुस्त रूपमा सम्पादन गर्न मन्त्रि र सचिवहरुलाई निर्देशन दिनुभएको छ । प्रदेशमा जनशक्ति व्यवस्थापनलाई प्रभावकारी बनाउनुका साथै तीन वटै तहका सरकारबीचको समन्वयलाई थप प्रभावकारी बनाउन पनि प्रधानमन्त्री कार्कीले निर्देशन दिनुभएको छ

प्रकाशित मिति : सोमबार, कार्तिक १७ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij