बुटवल,
प्रदेश नं २ का सांसदहरु र प्रदेश नं ५ का सांसदहरुबीच आज प्रदेशसभा सचिवालयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।अन्तर प्रदेश भ्रमणका क्रममा प्रदेश नं ५ को प्रदेशसभा सचिवालय आएको प्रदेश नं २ का सभामुख,उप सभामुख सहितका प्रदेशसभासदस्यहरु र प्रदेश नं ५ का प्रदेश सभा सदस्यहरुबीच प्रदेशसभा सञ्चालन,कानून निर्माण र प्रदेशको अबस्थाका बारेमा अन्तरक्रिया सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रदेश नं २ का सभामुख सरोज कुमार यादवले अन्तर प्रदेश भ्रमणले नयाँ नयाँ अनुभव हासील हुने बताउनुभयो
जनताले प्रदेशले कति वटा कानून बनायो भनेर नसोध्ने तर के के बिकास ग¥यो भनेर प्रश्न गर्ने गरेको बताउदै त्यसैले प्रदेशसभा सदस्यहरुलाई सांसद विकास कोषको व्यवस्था गरेको जानकारी गराउनुभयो ।एकै ठाउँमा रहेको मुख्यमन्त्री,मन्त्री,प्रमुख चिब लगायतका महत्वपूर्ण व्यक्तिहरुको निवासको सूरक्षामा समेत संघीय सरकारले सूरक्षाकमी नखटाएका कारण प्रदेश नं २ ले प्रहरी ऐन ल्याउनु परेको बताउनुभयो । उहाले अबको एक महिनामा प्रदेशको नामाकरण र राजधानी टुंगो लगाउने तयारी भैरहेको जानकारी समेत दिनुभयो ।
प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले प्रदेश नं ५ को प्रदेशसभाबाट भए गरेका कार्यहरुको जानकारी गराउदै आगामि अधिबेशनले प्रदेशको नामाकरण र ठाउ टुंगो लगाउने बिस्वास व्यक्त गर्नुभयो ।
प्रदेशको नामाकरण र स्थायी मुकाम तोक्न सुझाव दिन गठीत बिशेष समितिले आफ्नो काम अन्तिम चरणमा पु¥याएको भन्दै उनले आगामि अधिबेशनमा प्रदेशको नाम र राजधानीको टुंगो लाग्ने बिस्वास व्यक्त गर्नुभयो। राजधानी कहाँ बनाउने भन्दा पनि कस्तो बनाउने भन्ने कुरा महत्वपूर्ण भएको भन्दै सभामुख घर्तीले राजधानीका लागि आफु कुन ठाउँको कुन जिल्लाको भन्ने भन्दा पनि माथि उठेर सोच्नुपर्ने बिचार व्यक्त गर्नुभयो।
सो अबसरमा प्रदेश नं ५ का प्रदेशसभा सदस्यहरु दामा कुमारी शर्मा,दिपेन्द्र कुमार पुन,निर्मला क्षेत्री,प्रदेश नं २ का प्रदेशसभा सदस्यहरु मनिश सुमन,सैलेन्द्र प्रसाद यादब,राजकुमार यादब,परमेश्वर शाह,चमेली देबी दासले आ आफ्नो भनाई राख्नुभएको थियो । प्रदेश नं २ को अन्तर प्रदेश भ्रमण टोलीमा सभामुख सरोज कमार यादब,उप सभामुख उपमा कुमारी देब लगायत १९ जना प्रदेशसभा सदस्यहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति : सोमबार, मंसिर २ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्