गृहमन्त्री अर्यालले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक

गृहमन्त्री अर्यालले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक

काठमान्डौ,

गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार दिउँसो ३ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । बैठक सिंहदरबारस्थित गृह मन्त्रालयमा बस्ने गृह मन्त्रालयका प्रवक्ता तथा सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव आनन्द काफ्लेले जानकारी दिए ।

फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन तथा दुर्गा प्रसाईँले आह्वान गरेको आन्दोलनका क्रममा उत्पन्न हुन सक्ने सुरक्षासम्बन्धी चुनौतीका विषयमा आवश्यक तयारी र समन्वय गर्न मन्त्री अर्यालले बैठक आह्वान गरेको बताइएको छ

बैठकमा गृह मन्त्रालयका सचिव, नेपाली सेनाका बलाधिकृत रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा मन्त्रालयको शान्ति–सुरक्षा महाशाखाका प्रमुख सहभागी रहनेछन् ।

प्रकाशित मिति : आइतबार, कार्तिक ३० २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij