बुटवल
रोटरी क्लब अफ बुटवलले शान्ति तथा द्वन्द्व व्यवस्थापन सम्बन्धी पिस पोस्टर प्रतियोगिता आयोजनागर्ने भएको छ । क्लवको शनिवार भएको बैठकले आउदो मंसिर १ गते १२ देखि १८ वर्ष उमेर समुहका इन्टयाक्ट क्लवमा आवद्धहरुले पिस पोस्टर प्रतियोगितामा प्रतिष्पर्धा गर्ने निर्णग गरेको हो । प्रतियोगितामा सहभागी विद्यार्थीहरूले रंग, आकृति र प्रतीकमार्फत सामाजिक सद्भाव, बहुसांस्कृतिक एकता तथा सहअस्तित्वको सुन्दर अभिव्यक्ति बारे प्रस्तुती गर्ने छन । यस क्षेत्रका १७ वटा क्लववाट सहभागिता रहने प्रतियोगितामा शान्ति र द्धन्द्धका सन्र्दभमा देखिएका सामाजिक परिबेश, के गर्दा शान्ति स्थापना गर्न सकिन्छ र द्धन्द्ध कसरी शुरु हुन्छ भन्नेवारेमा युवा विद्यार्थीहरुलाई सचेतना जगाउने लक्ष्यले उक्त प्रतियोगिता आयोजना गर्न लागिएको रोटरी क्लब अफ बुटवलका अध्यक्ष कृष्ण पराजुलीले बताउनु भयो ।
शान्ति तथा द्वन्द्व व्यवस्थापनमा पिस पोष्टर प्रतियोगिताले विभिन्न विद्यालयका विद्यार्थीहरूले शान्ति, सहअस्तित्व र अहिंसात्मक समाधानका विषयलाई कलात्मक रूपमा प्रस्तुत गर्नका लागि प्रतियोगिताले टेवा पुराउने कार्यक्रम संयोजक डीआर पन्थीले बताउनु भयो । प्रतियोगिता दीप वोडिङ स्कुलको हाता भित्र हुने छ ।
विजेता विद्यार्थीहरूलाई रोटरी क्लब अफ बुटवलले प्रमाणपत्र, ट्रफी तथा आकर्षक पुरस्कार प्रदान गर्ने क्लवका सचिव शिव कुमार ज्ञवालीले बताउनु भयो ।
प्रकाशित मिति : आइतबार, कार्तिक ३० २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्