आयोगमा पुन: दल दर्ताको लागि काम शुरू, पाँच लाखभन्दा धेरै नयाँ मतदाता थपिए

आयोगमा पुन: दल दर्ताको लागि काम शुरू, पाँच लाखभन्दा धेरै नयाँ मतदाता थपिए

 

काठमाण्डौ – आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा भाग लिने उद्देश्यले हिजो १२ वटा राजनीतिक दलले निर्वाचन आयोगमा पुनः दल दर्ताका लागि निवेदन दिएका छन् । पुनः दल दर्ताको लागि आयोगले हिजोदेखि आउँदो १० गतेसम्मको समय तोकेको छ ।

आयोगमा दर्ता रहेका दलमध्ये चुनावमा भाग लिने उद्देश्यले पुनः दल दर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ । हिजो नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, आम जनता पार्टी, देश विकास पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, देशभक्त समाज, नेपाल लोकतान्त्रिक पार्टी, मंगोल नेसनल अर्गजनाइसेजन, बहुजन शक्ति पार्टी, नेपाल सद्भावना पार्टी र नेपाल मानवतावादी पार्टीले दल दर्ताको लागि निवेदन दिएका छन् ।

आयोगमा पुराना र नयाँ गरी १ सय २३ राजनीतिक दल दर्ता भएका छन् । अझै २९ नयाँ दल दर्ताको निवेदन विचाराधीन रहेको आयोगले जनाएको छ । चुनावमा भाग लिन आयोगमा दर्ता रहेका पुराना वा नयाँ थपिने दलले पुनः दर्ता हुनुपर्छ ।

यसैबीच जैविक तथ्याँक अर्थात बायोमेट्रिकका लागि राष्ट्रिय परिचयपत्रसँग लिंक गरिएपछि मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या बढेको छ । अस्तिसम्म ५ लाख २७ हजारभन्दा धेरै नयाँ मतदाता थपिएको आयोगले जनाएको छ । गएको कात्तिक २७ गतेदेखि मतदाता नामावलीका लागि राष्ट्रिय परिचयपत्रसँग लिंक जोडिएको हो । त्यसयता २ लाख २५ हजारभन्दा धेरै मतदाता अनलाइन प्रविधिको प्रयोगबाट थपिएका छन् ।

यस्तै अनलाइनबाट व्यक्तिगत फारम भरेर निर्वाचन कार्यालयमा पुगेर बायोमेट्रिक दिने माध्यमबाट ३ लाखभन्दा धेरै नयाँ मतदाता थपिएका आयोगले जनाएको छ । आयोगले मतदाता नामावलीमा नाम दर्ता गराउन यही ५ गते शुक्रबारसम्मको समय तोकेको छ ।

प्रकाशित मिति : मंगलबार, मंसिर २ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij