बुटवल । नेकपा एमालेको आसन्न ११ औँ महाधिवेशनका लागि प्रतिनिधि चयन गर्न रुपन्देही क्षेत्र नं २ मा निर्वाचन सम्पन्न भएको छ।
रूपन्देही क्षेत्र नं २ का ६०५१ संगठित सदस्यबीच सम्पन्न मतदानबाट ३ क्लस्टर (खुला, महिला र युवा) मा विभाजन गरी कुल १० जना प्रतिनिधि विजयी भएका छन्।
खुला तर्फबाट बासुदेव घिमिरे, गोपाल राना, राजु गुरुङ, तेजेन्द्र केसी, बावुराम भट्टराई र कुमार थापा विजयी भएका छन्।
महिला तर्फ ज्ञानु केसी, कल्पना थापा र बिमला श्रेष्ठ चयन भएका छन् भने युवा क्लस्टरबाट बालकृष्ण पाण्डे विजयी बनेका छन्
प्रकाशित मिति : आइतबार, मंसिर १४ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्