इथियोपियाका पूर्वप्रधानमन्त्री ताम्रत लेनसहित विभिन्न देशका २५ अर्बपतिहरू लुम्बिनीमा जुट्दै

इथियोपियाका पूर्वप्रधानमन्त्री ताम्रत लेनसहित विभिन्न देशका २५ अर्बपतिहरू लुम्बिनीमा जुट्दै

बुटवल,

गाैतम बुद्धकाे जन्मस्थल लुम्बिनीमा विभिन्न देशका २५ अर्बपतिहरू जुट्ने भएका छन् । ‘विश्व शान्ति कार्यक्रम’मा सहभागी हुन भारत केरलास्थित सिगल इन्टरनेसनल ग्रुपका अध्यक्ष सुरेशकुमार मधुसुधानसहित विभिन्न देशका २५ अर्बपतिहरू लुम्बिनीमा जुट्न लागेका हुन् ।

 

यही मंसिर २४-२६ सम्म बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित ‘विश्व शान्ति कार्यक्रम’मा सहभागी हुन उनिहरू लुम्बिनी आउने विश्व शान्ति कार्यक्रमले जनाएको छ ।

 

कार्यक्रमकी मिडिया संयोजक सुलोचना खतिवडाका अनुसार भारत केरलास्थित सिगल इन्टरनेसनल ग्रुपका अध्यक्ष सुरेशकुमार मधुसुधान, स्वतन्त्र स्लोभेनियाका प्रथम प्रधानमन्त्री तथा युरोपेली संसदका पूर्व सदस्य लोज्जे पिटरले, इथियोपियाका पूर्वप्रधानमन्त्री ताम्रत लेन, युएई र भारतमा व्यापार गर्दै आएका इराम होल्डिङ्सका डाक्टर सिद्दिक अहमदलगायत विभिन्न देशका २५ अर्बपतिहरू लुम्बिनीमा जुट्दैछन् ।

 

कार्यक्रममा १० हजारभन्दा बढीको सहभागिता रहने जनाइएको छ ।उनकाअनुसार नेपाल तथा विदेशका नेता, विद्वान, संयुक्त राष्ट्र संघका सांस्कृतिक राजदूत,अन्तर्राष्ट्रिय व्यापारमा नाम कमाएका व्यवसायी, कलाकार, युवा र सामुदायिक प्रतिनिधिहरूको सहभागिता रहनेछ । साथै कार्यक्रममा लुम्बिनी चिनियाँ व्यापारी प्रतिनिधिमण्डलका सदस्यहरूको पनि सहभागिता रहने जनाइएको छ ।

 

कार्यक्रम संयोजक शेखर गौतमका अनुसार साे अवसरमा शान्ति, जलवायु परिवर्तन, विकास, आन्तरिक कल्याण र सामाजिक न्याय, व्यावहारिक शान्ति निर्माणका विषयमा पनि छलफल हुनेछ । स्थानीय शासनमा केन्द्रित युवा, महिला, आदिवासी समुदाय र सीमान्तकृतको आवाजमाथि कार्यक्रममा छलफल तथा बहस हुनेछ ।

प्रकाशित मिति : बिहिबार, मंसिर १८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij