नवलपरासी – नवलपरासी बर्दघाट सुस्तापूर्वमा एकै ठाउँमा नौ वटा मृग मरेका छन् । देवचुली नगरपालिका वडा नम्बर १३ मा रहेको मातृभूमि मध्यवर्ती सामुदायिक वनमा एकै ठाउँमा नौ वटा मृग मृत फेला परेका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभयो ।
मरेका नौ मृगमध्ये एउटा बच्चा रहेको छ । निकुञ्जबाट तारजाली भत्केको ठाउँबाट मृग बारीमा प्रवेश गरेका हुन् । तीन वर्षअघि पनि यही ठाउँमा १५ वडा मृग मरेका थिए ।
थापामगरका अनुसार प्रारम्भिक अनुसन्धानबाट किसानले तोरीमा छरेको विषादीका कारण मृग मरेको हुन सक्ने देखिएको छ । सबै मृगको शरीरमा कुनै पनि बाहिरी चोटपटक छैन । मृग मर्नुका कारण पत्ता लगाउन पोस्टमार्टम नमूना विधि विज्ञान प्रयोगशाला काठमाण्डाै पठाइएको उहाँले जानकारी दिनुभयो ।
केही समयअघि त्यहाँका किसानले उत्पादन गरेको काउलीमा ९८ प्रतिशत विषादी पाइएकाले तोरीमा पनि त्यसैगरी विषादी प्रयोग गरेको अनुमान छ ।
प्रकाशित मिति : शनिबार, मंसिर २० २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्