बुटवल
नख्खु कारागार कार्यालय काठमाडौंबाट भागेका एकजना कैदी रुपन्देहीमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका–१ बस्ने अन्दाजी ४२ वर्षिय दिनेश कोइराला रहेका छन् ।
ठगी तथा बैकिङ कसुर मुद्दामा नख्खु कारागारमा रहेका काेइरालालाई कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौंको समन्वयमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले मंसिर २६ गते शुक्रबार सिद्धार्थनगर नगरपालिका–४ स्थित दोगहराबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीले जानकारी दिए । पक्राउ परेका कोइरालालाई जिल्ला प्रहरी कार्यालय रूपन्देहीको हिरासतमा राखिएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
गत भदौ २३ र २४ गते देशभर भएको जेनजी प्रदर्शनका क्रममा नख्खु कारागार कार्यालय काठमाण्डौंबाट भागेका कैदी बन्दी कोइराला रुपन्देहीकाे सीमावर्ती क्षेत्रबाट पक्राउ परेका हुन् ।
प्रकाशित मिति : आइतबार, मंसिर २८ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्