सत्तारुढ नेपाल कम्यनिस्ट पार्टी नेकपाको सचिवालय बैठक सुरु

सत्तारुढ नेपाल कम्यनिस्ट पार्टी नेकपाको सचिवालय बैठक सुरु

काठमाडौं ।
सत्तारुढ नेपाल कम्यनिस्ट पार्टी नेकपाको सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकले नयाँ मन्त्रीहरुको नामावली टुंगो लगाउने बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले थियो मन्त्रिपरिषद्को बैठकमा मन्त्री हेरफेरको जानकारी गराएका थिए । त्यसअघि पनि प्रधानमन्त्री ओलीले मन्त्री हेरफेरबारे पार्टीका शीर्ष नेतासँग परामर्श पनि गर्नुभएको थियो ।
आज बिहानका लागि बैठक बोलाइएको भए पनि तयारी नपुगेको भन्दै ढिला गरी बैठक सुरु भएको हो । बैठकमा पार्टी एकताका बाँकी विषय टुङ्ग्याउने र मन्त्रिमण्डल फेरबदलका विषयमा छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफू निकट केही मन्त्री तथा नेताहरुसँगको परामर्शमा मन्त्रिपरिषद् हेरफेरको तयारी गर्नुभएको हो । स्रोतका अनुसार ५ देखि १० जनासम्म मन्त्री परिवर्तन हुन सक्नेछन् ।
बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता माधवकुमार नेपाल, सचिवालय सदस्य वामदेव गौतम र रामबहादुर थापा, महासचिव विष्णुप्रसाद पौडेल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी हुनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : बुधबार, मंसिर ४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij