काठमाण्डाै – निर्वाचन आयोगले आउँदो फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा चुनावका लागि वातावरण बनेको जनाएको छ ।
आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले चुनावका लागि अनुकूल वातावरण बनेको आयोगको निष्कर्ष रहेको जानकारी दिनुभयो ।
यस्तै आयोगले चुनावसँग सम्बन्धित सूचना दिने गरि आज मिडिया सेन्टर स्थापना गरेको छ । त्यसका लागि आयोगले आज गरेको विशेष कार्यक्रममा सहसचिव भट्टराईले २०७९ को भन्दा आउँदो चुनावमा १० लाख जनाभन्दा धेरै मतदाता थपिएका, एक सय १४ दलले चुनावमा सहभागिता जनाउने जानकारी गराएका, मतदान स्थल र मतदान केन्द्रको सङ्ख्या पनि बढेको लगायत जानकारी दिनुभयाे ।
यस्तै कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोग चुनावकाे बाटोमा धेरै अगाडि बढिसकेको भन्दै घोषित मितिमा चुनाव हुनेमा कुनै शङ्का नगर्न आग्रह गर्नुभएकाे छ ।
उहाँले भन्नुभयो, ‘चुनावकाे विकल्प चुनाव बाहेक अरू केही हुन सक्दैन । चुनाव हुन्छ कि हुँदैन भन्ने विषयको छलफल अब सकियो । अब हामी त्यो बाटोमा प्रवेश गर्दैनौँ । हामी चुनावको बाटोमा धेरै अगाडि बढिसक्यौँ । अब फर्किनसक्ने अवस्था र स्थिति छैन ।’
प्रकाशित मिति : शुक्रबार, पुष ११ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्