काठमाडौं : नेपाली बजारमा आज पनि सुनचाँदीको भाउ बढेको छ।
साताको पहिलो कारोबार दिन आज सुनको मूल्यले अर्को ‘रेकर्ड’ बनाएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला १३ सय रुपैयाँ बढेर हालसम्मकै महँगो बनेको छ।
यस दिन तोलाको दुई लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।यसअघि शुक्रबार पनि कीर्तिमान कायम भएको थियो।
सो दिन तोलामै १८ सय रुपैयाँ बढेर दुई लाख ६९ हजार ३०० रुपैयाँ कायम भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य तोलाको चार हजार ८३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
शुक्रबार भने चार हजार ५६५ रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति : आइतबार, पुष १३ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्