रास्वपाबाट रुपन्देही २ मा आशिष सुवेदीलाई टिकट, विष्णु पौडेलसँग भिड्ने

रास्वपाबाट रुपन्देही २ मा आशिष सुवेदीलाई टिकट, विष्णु पौडेलसँग भिड्ने

 

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीबाट रुपन्देहीको क्षेत्र नम्बर १ र २ का उम्मेदवारको टिकट वरिष्ठ नेता बालेन साहको कोटामा परेको छ ।

रुपन्देही १ बाट उनी निकट सुनिल लम्साल र २ बाट ई. आशिष सुवेदीले टिकट पाएका हुन् । बालेन मेयर छँदा वातावरण सल्लाहकार रहेका सुनिल रास्वपाको महामन्त्री दाबेदार हुन् ।

एमाले उपाध्यक्ष विष्णु पौडेलसँग भिड्न लागेका सुवेदी लुम्बिनी ईन्जिनियरिङ कलेज (लेक) मा अखिल क्रान्तिकारीबाट स्ववियू सभापति भएका थिए । रूपन्देहीको तिलोत्तमा निवासी उनी रास्वपामा नयाँ अनुहार हुन्

रास्वपा रुपन्देही ३ का सभापति मधु अर्यालले लम्साल १ र सुवेदी २ मा उम्मेदवार भएको बताए ।

प्रकाशित मिति : सोमबार, माघ ५ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij