काठमाण्डौ
प्रधानमन्त्री केपी शर्मा ओलीलेआज साँझ मन्त्रिपरिषद् पुनर्गठन गर्नु भएको छ ।प्रधानमन्त्री ओलीलेआजैसाँझै केही मन्त्री पुरानै र केही नयाँ अनुहार भित्र्याएर मन्त्रिपरिषद् पुनर्गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्नु भएको थियो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर र कार्यविभाजन गर्नु भएको हो ।प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नयाँ मन्त्रीहरुको नाम राष्ट्रपति कार्यालयमा पठाइएको पुष्टि गर्नुभयो ।
को-को आए नयाँ अनुहार ?
सूर्य चुनाव चिन्ह लिएर चुनाव जितेका हृदयश त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिएको छ ।
त्यस्तै नेकपाका प्रभावशाली र बौद्धिक नेता मानिने घनश्याम भुसाललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
त्यस्तै लेखराज भट्टलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
त्यस्तै रामेश्वर राय यादवलाई श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
बसन्तकुमार नेम्बाङलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ भने पार्वत गुरुङलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
त्यस्तै मोतिलाल दुगडलाई उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्रीको जिम्मेवारी दिइएको छ । रामवीर मानन्धरलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ भने नवराज रावतलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।
मन्त्रालय हेरफेर
उपप्रधानमन्त्रीसमेत रहेका उपेन्द्र यादवको मन्त्रालय हेरफेर भएको छ । उहाँलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ ।यसअघि कानुन मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएका भानुभक्त ढकाललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
काे-काे हटे ?
गोकर्ण विष्ट : श्रम रोजगार तथा सामाजिक विकास मन्त्री
लालबाबु पण्डित : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री
मातृका यादव : उद्याेग वाणिज्य तथा आपूर्ति मन्त्री
चक्रपाणी खनाल : कृषि तथा पशुपन्छी विकास
रघुवीर महासेठ : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
थममाया थापा : महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री
रामकुमारी चौधरी : कृषि तथा पशुपन्छी विकास राज्यमन्त्री
डाक्टर सुरेन्द्र यादव : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री
हेर्नुहाेस् सूची


प्रकाशित मिति : बुधबार, मंसिर ४ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्