दल र उम्मेदवारले बैंकिङ प्रणालीबाट कारोबार गर्नुपर्ने

दल र उम्मेदवारले बैंकिङ प्रणालीबाट कारोबार गर्नुपर्ने

????????, ?? ??? : ??????????? ????????? ????????? ???????? ?????? ????????? ???????, ?????? ?????????? ????, ?????? ?? ????? ?????? ??????, ????? ?????? ??????? ??????, ????? ?????? ?? ?????, ??????????? ??????? ????????? ???–??????? ??????????????? ???????? ???????? ?????? ???? ???? ??? ??????????? ? ?????? : ????????? ????/????

काठमाण्डाै – निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य चुनावमा राजनीतिक दल र उम्मेदवारले बैंकिङ प्रणालीबाट आर्थिक कारोबार गर्नुपर्ने बताउनुभएको छ ।

 

प्रतिनिधिसभा सदस्य चुनावलाई लक्षित गरि निर्वाचन आयोगले आज निजी क्षेत्रका छाता संस्थासँग गरेको अन्तरक्रियामा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले चुनाव समयमा राजनीतिक दल र उम्मेदवारलाई नगद कारोबार नगर्न आग्रह गर्नुभएको हो ।

 

दल र उम्मेदवारले बैंकिङ प्रणाली विपरीत कारोबार गरे उम्मेदवारी रद्दसम्मका कारबाही गर्न सकिने कानूनी व्यवस्था रहेको पनि कार्यवाहक प्रमुख आयुक्त भण्डारीले बताउनुभयो । उहाँले बङ्गलादेशको जस्तो स्थितिमा गुज्रिनु नपरोस् भनि अनुशासनमा राख्न र लयमा फर्काउन सबै पक्षले चुनावलाई सहयोग गरेको पनि बताउनुभयो ।

 

चुनाव बिथोल्ने शक्ति अहिले क्षीण भएर गएकाले फागुन २१ गते चुनाव हुने विषयलाई अब कसैले नकार्न नसक्ने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीको भनाइ थियो ।

 

राष्ट्रिय झन्डाको दुरुपयोग रोक्न आयोगले सरकारलाई लेखि पठाएपछि गृह मन्त्रालयले सरोकार भएका निकायलाई ध्यानाकर्षण गराइ यसको कार्यविधिअनुसार गर्न आह्वान गरेको उहाँले स्मरण गराउनुभयो ।

 

आयोगका सचिव कृष्णबहादुर राउतले निजी क्षेत्रले निर्वाचन आचारसंहिता पालनामा सहयोग गर्नुपर्ने बताउनुहुँदै सबैको सहकार्यमा आवधिक चुनाव गराएर लोकतन्त्रलाई स्थायित्व दिनुपर्ने बताउनुभयो । चुनावमा झन्डै ३१ अर्ब रुपैयाँ खर्च हुने जानकारी गराउनुहुँदै उहाँले त्यसबाट उद्योग, व्यवसायलगायत अर्थतन्त्र चलायमान हुने उल्लेख गर्नुभयो ।

प्रकाशित मिति : मंगलबार, माघ १३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij