चुनावका निम्ति स्रोतसाधनको कमी हुन नदिने अर्थमन्त्री खनालको प्रतिबद्धता

चुनावका निम्ति स्रोतसाधनको कमी हुन नदिने अर्थमन्त्री खनालको प्रतिबद्धता

काठमाण्डौ – अर्थमन्त्री रामेश्वर खनालले चुनावका निम्ति आवश्यक स्रोतसाधनको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

आज पर्यटन बोर्ड र परिसूचक मिडियाद्वारा आयोजित ‘नेपाल पर्यटन गोष्ठी’ मा उहाँले चुनावलाई सफल बनाउनेतर्फ सरकारको ध्यान केन्द्रित रहेको बताउनुभयो । अर्थमन्त्रीले अब आर्थिक विषयमा केन्द्रित हुने समय आएको बताउँदै राजनीतिक अस्थिरताको बहसबाट सरकारलाई बाहिर निकाल्नु नै सबैभन्दा ठूलो चुनौती रहेको उल्लेख गर्नुभयो ।

उहाँले पर्यटनलाई उद्योग सरह सुविधा दिने अघिल्लो सरकारको प्रतिबद्धता पूर्णरूपमा कार्यान्वयन हुन नसकेको स्वीकार गर्नुभयो । सरकारले देशको अर्थतन्त्रको उन्नयनका निम्ति पनि हरसम्भव प्रयत्न गरिरहेको बताउँदै अर्थमन्त्री खनालले त्यसका लागि विविध नीतिगत काम भएको समेत जानकारी दिनुभयो ।

प्रकाशित मिति : शुक्रबार, फाल्गुन ८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij