जेनजीका चाहना र मुद्धालाई सम्बोधन गर्नै पर्छ : उम्मेद्वार खत्री

जेनजीका चाहना र मुद्धालाई सम्बोधन गर्नै पर्छ : उम्मेद्वार खत्री

देवदह,।

रुपन्देही क्षेत्रनम्बर–१ मा कांग्रेसको तर्फबाट उम्मेदवार बनेका हिराबहादुर खत्रीले नवयुवाका भावना र विचारलाई प्राथमिकतामा राखेर सम्बोधन गर्ने बताउनु भएको छ । उहाँले नव युवाहरु भविष्यका कर्णधारसँगै वर्तमानका सहयात्री भएकाले उनीहरुको आवाज र भावनालाई सम्बोधन गर्न कांग्रेसले नयाँ नीति ल्याउने बताउनुभयो । रुपन्देही क्षेत्रनम्बर एकको तिलोत्तमा–८ जागृतीचोकमा रहेका ओमनी पार्टी प्यालेसमा नवयुवा (जेनजी) समुहका युवाहरुसँग भएको अन्तरसंम्वादमा उम्मेद्वार खत्रीले जेनजीको भावनासँगै उनीहरुले उठाएका मुद्धालाई सम्बोधन गर्नु पहिलो प्राथमिकता रहने बताउनुभयो । कार्यक्रममा नवयुवाहरुले मुलुकका स्थायी सरकार, सुशासनमैत्री ब्यवस्था, सबैकालागि रोजगारी, कृषिमा आधुनिकीकरण, पछिल्ला घटनाक्रम लगायतका विषयलाई उम्मेद्वार खत्रीका सामुन्ने प्रस्तुत गरेका थिए । नव युवाले उठाएका मुद्धाहरुलाई सम्बोधन गर्दै उम्मेद्वार खत्रीले युवाका चाहना र आवश्यकतालाई पुरा गर्ने गरि कांग्रेस पार्टीनै बदलिएको उल्लेख गर्दै अव मुलुक युवाको हातमा आएको र युवाको चाहना अनुसारको मुलुक बन्ने विचार राख्नुभयो । उहाँले गएको भदौ–२३ र २४ गतेको नवयुवा आन्दोलन र त्यसले निम्त्याएको अवस्थाले मुलुकमा परिवर्तन चाहेको बताउदै समयसापेक्ष सरकार गठन र त्यसले सबैका मुद्धालाई सम्बोधन गर्नु अति जरुरी रहेकाले ति मुद्धा उठाउन आफ्नो प्रतिवद्धता रहने विश्वास ब्यक्त गर्नुभयो । कार्यक्रममा निर्वाचन परिचालन संयोजक तथा कांग्रेस जिल्ला सचिव हरिप्रसाद काफ्ले, सहसंयोजक बासुदेव रिमाल, तिलोत्तमा नगर सभापति हरिलाल पाण्डेलगायतले अव नव युवाहरुको भावनालाई बुझेर मुलुकको वागडोर सम्हाल्ने वेला भएको विचार राख्नुभयो । कार्यक्रममा झण्डै डेढ सय जेनजी नवयुवाहरुको सहभागिता रहेको प्रचार प्रसार सदस्य राजेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : आइतबार, फाल्गुन १० २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij