काठमाडौं । निर्वाचन आयोगले मतगणना सुरु भएको २४ घण्टाभित्रै प्रत्यक्षतर्फको परिणाम आउने जनाएको छ ।
बुधबार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले पत्रकार सम्मेलनमा भने, पहाडी र हिमाली भूभागबाट मतपेटिका सकेसम्म छिटो संकलन गर्छौं । पहिलो हुनेतर्फ मतगणना प्रारम्भ भएको २४ घण्टाभित्रै परिणाम आउँछ । उनले समानुपातिकतर्फको परिणाम पनि पनि छिट्टै आउने बताए
उनले निर्वाचनको मिति घोषणाा भएपछि युवामा उत्साह थपिएको बताए । पहिलेभन्दा मत खस्ने प्रतिशत बढ्ने र बदर हुने प्रतिशत घट्ने उनको भनाइ छ ।
प्रकाशित मिति : बुधबार, फाल्गुन २० २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्