बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगितामा ३ बिधामा प्रतिपर्धा हुने

बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगितामा ३ बिधामा प्रतिपर्धा हुने

बुटवल
खेलकुदले स्वस्थ जीवनशैली, आपसी मित्रता र सामाजिक सद्भावलाई सुदृढ बनाउने विश्वासका साथ बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ । बुटवल ब्याडमिन्टन क्लबल को आयोजनामा बुटवल–११ देविनगर माँझगाउ स्थित कर्भडहलमा यही फागुन २९ र ३० गते दुई दिनसम्म प्रतियोगिताहुने भएको छ ।
प्रदेशस्तरमा ब्याडमिन्टन खेलको विकास, खेलाडीहरूबीच प्रतिस्पर्धात्मक वातावरण निर्माण तथा खेल संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले क्लबले हरेक वर्ष विभिन्न प्रतियोगिता आयोजना गर्दै आएको कायक्रमका संयोजक तथा क्लबका तृतीय उपाध्यक्ष भानु केसीले बताउनु हुन्छ ।
उहाँले सोही अभियानलाई निरन्तरता दिँदै यसपटक चौथो संस्करणको लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गर्न लागिएको जनाउनु भयो।
प्रतियोगितामा मेन्स डबल, भेट्रान्स डबल (५५ वर्षमाथि), र मास्टर भेट्रान्स डबल (४५ वर्षमाथिकोले ३५ वर्ष माथीकोलाई पाटनर बनाएर खेल्नु पर्ने ) गरी ३ विधामा प्रतिस्पर्धा हुनेछन्। लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट अनुभवी तथा उदीयमान खेलाडीहरूको सहभागिता रहने अपेक्षा क्लबका अध्यक्ष नलराज नेपालले बताउनु भयो।
मेन्स डबलतर्फ प्रथम हुने टिमले ४० हजार रुपैयाँ, दोस्रो हुने टिमले ३० हजार रुपैयाँ र तेस्रो हुने टिमले २० हजार रुपैयाँसहित मेडल, सिल्ड तथा प्रमाणपत्र प्राप्त गर्नेछन्।
त्यसैगरी ५५ वर्षमाथिको भेटरान्स डबलतर्फ प्रथम हुने टिमले २० हजार रुपैयाँ, दोस्रो हुने टिमले १५ हजार रुपैयाँ र तेस्रो हुने टिमले १० हजार रुपैयाँसहित मेडल, सिल्ड र ट्रफी प्राप्त गर्नेछन्।
यस्तै ३५ वर्षमाथि र ४५ वर्षमाथिको मास्टर भेटरान्स डबलतर्फ प्रथम हुने टिमले ३० हजार रुपैयाँ, दोस्रो हुने टिमले २५ हजार रुपैयाँ र तेस्रो हुने टिमले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने व्यवस्था गरिएको छ।

बुटवल ब्याडमिन्टन क्लबका अनुसार प्रतियोगिताले खेलाडीहरूबीच प्रतिस्पर्धा मात्र नभई अनुभव आदान–प्रदान, मित्रता विस्तार र खेल संस्कृतिको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।
खेलकुदलाई स्वस्थ समाज निर्माणको बलियो माध्यमका रूपमा स्थापित गर्ने उद्देश्यले आयोजना गरिएको यो प्रतियोगिताले प्रदेशस्तरमा ब्याडमिन्टन खेलप्रति आकर्षण अझ बढाउने विश्वास आयोजकले व्यक्त गरेको छ।

प्रकाशित मिति : मंगलबार, फाल्गुन २६ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij