काठमाडौं । हिजोदेखि सक्रिय रहेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भू–भागमा पछिल्लो २४ घण्टायता मेघगर्जनरचट्याङ, असिना तथा हावाहुरीसहित वर्षा भएको छ।
हाल लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यो प्रणाली क्रमशः पूर्वतिर सर्ने क्रममा रहेको छ
उक्त प्रणाली आज बेलुकादेखि क्रमिक रूपमा कमजोर हुँदै जाने सम्भावना रहेको छ। प्रणाली कमजोर भएसँगै पानी कम पर्ने र मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।
प्रकाशित मिति : शनिबार, चैत्र ७ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्