पाल्पामा भएको टिप्पर दुर्घटनामा ३ जनाको ज्यान गयो, एक जना घाइते

पाल्पामा भएको टिप्पर दुर्घटनामा ३ जनाको ज्यान गयो, एक जना घाइते

पाल्पा , पाल्पाको माथागढी गाउँपालिका-७ रहबासमा शनिबार हिजो साँझ टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार लु २ ख ४५२५ नम्बरको टिपर दुर्घटना हुँदा अर्का एक जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा परी टिपर चालक अर्घाखाँची सितगंगा नगरपालिका-४ सिद्धाराका २६ वर्षीय चिन्ता बहादुर सुनार रहेका छन् । अन्य २ जनाको विवरण खुल्न नसकेको प्रहरीले जनाएको छ । माथागढीको रहबास स्थित झडेवा-रहबास भित्री कच्ची सडक खण्डमा झडेवाबाट रहबास चुनढुङ्गा खानी तर्फ जाँदै गरेको खाली टिपर सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो । उक्त दुर्घटनामा पाल्पा तानसेन नगरपालिका-१० पटुवा बस्ने ३३ वर्षीय राजन चिदी गम्भीर घाइते भएका छन् ।

घार्ईतेहरुको उद्धार गरी उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाइएकोमा ४ जनालाई अस्पताल पुर्याई चेक जाँच गर्दा ३ जनालाई चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटना सम्बन्धी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : आइतबार, चैत्र ८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij