उच्च पदस्थहरूको सम्पत्ति छानबिन स्वागतयोग्य : प्रवक्ता श्रेष्ठ

उच्च पदस्थहरूको सम्पत्ति छानबिन स्वागतयोग्य : प्रवक्ता श्रेष्ठ

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठले उच्च पदस्थहरूको सम्पत्ति छानबिन गर्ने विषय स्वागतयोग्य भएको उल्लेख गरेका छन् ।

श्रेष्ठले सामाजिक सञ्जालमार्फत भनेका छन्– २०४६ पछिका उच्च पदस्थहरूको सम्पत्ति छानबिन गर्ने विषयलाई लामो समयदेखि राप्रपाले प्रमुखताका साथ उठाउँदै आएको, सडक र सदनमा आवाज मुखरित गरेको, पार्टीका हरेक दस्ताबेजमा दस्तावेजीकरण गरेको, विगतका सरकारहरूलाई पटक पटक ध्यानाकर्षण गराउँदै आएको र चुनावी सङ्कल्प पत्रमा प्राथमिकताका साथ प्रतिबद्धता गरेको विषय हो।

उनी थप लेख्छन्– सरकारले शासकीय सुधारका १०० कार्यसूचीमा यस विषयलाई समेट्नु स्वागतयोग्य छ। बिना पूर्वाग्रह, बिना प्रतिशोध यस कार्यको प्रारम्भ गरी सरकारले सुशासनको प्रत्याभूति दिलाउन सकोस् ।

 

प्रकाशित मिति : आइतबार, चैत्र १५ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij