आजदेखि संसद अधिवेशन, ३ अध्यादेश पेशदेखि सभामुख निर्वाचनको मिति तयसम्मका कार्यसूची

आजदेखि संसद अधिवेशन, ३ अध्यादेश पेशदेखि सभामुख निर्वाचनको मिति तयसम्मका कार्यसूची

 

काठमाडौँ । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा चुनावबाट निर्वाचित संसदको पहिलो अधिवेशन आजबाट सुरू हुँदैछ । दिउँसो २ बजेबाट सुरू हुने बैठकमा ८ वटा सम्भावित कार्यसूची तय गरिएको छ ।

आज गृहमन्त्री सुधन गुरुङले मतदाता नामावली पहिलो संशोधन अध्यादेश, प्रतिनिधिसभा सदस्य निर्वाचन पहिलो संशोधन र नेपाल विशेष सेवा अध्यादेश पेश गर्ने छन् । बैठकको सुरूमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आव्हानको पत्र जानकारी गराउने छन् । त्यस्तै राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्री नियुक्त तथा मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ ।

प्रतिनिधिसभाले आफ्नो नियमावली नबनाएसम्मका लागि मौजुदा नियमावलीबाटै कामकारबाही गर्ने प्रस्ताव स्वीकृतिका लागि पेश गरिने छन् । दलीय आधारमा सांसदहरूले मन्तव्य राख्ने छन् । आजको बैठकमा सभामुख पदको निर्वाचनको मिति पनि तोकिनेछ

प्रकाशित मिति : बिहिबार, चैत्र १९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij