प्रधानमन्त्री ओलीको ‘एपेन्डिसाइटिस’को शल्यक्रिया

प्रधानमन्त्री ओलीको ‘एपेन्डिसाइटिस’को शल्यक्रिया

काठमाडौं,।
प्रधानमन्त्री केपी शर्मा ओलीको ‘एपेन्डिसाइटिस’को शल्यक्रिया गरिएको छ ।आज त्रिवि शिक्षण अस्पताल महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उहाको शल्यक्रिया गरिएको हो ।हिजो राति पेट दुखेकाले उहालाईआज बिहान ९ बजे शिक्षण अस्पताल लगिएको थियो ।
स्वास्थ्य परीक्षणपछि एपेन्डिसाइटिस भएको थाहा भएपछि शल्यक्रिया गरिएको हो ।प्रधानमन्त्रीका निजी चिकित्सक डा दिव्यासिंह शाह, डा. रमेशसिंह भण्डारीलगायतको टोलीले उहाको शल्यक्रिया गरेको हो ।अस्पतालका कार्यकारी निर्देशक डा.उत्तमकृष्ण श्रेष्ठले प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिससहित पेटको संक्रमण देखिएपछि शल्यक्रिया गरिएको जानकारी दिनुभयो ।
उहालाई केही दिन अस्पतालमै राखिने डा.श्रेष्ठले बताउनुभयो ।‘प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सुधार भइरहेको छ । आजै डिस्चार्ज हुनुहुन्न । केही दिन यहाँ राखेर पूर्ण स्वास्थ्यलाभ गरेपछि घर पठाउँछौं’–उहाले भन्नुभयो ।
प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. अरुण सायमीले प्रधानमन्त्रीको एपेन्डिसाइटिसको समस्याकै कारण पेटको संक्रमण देखिएको बताउनुभयो ।
शल्यक्रियापछि प्रधानमन्त्रीलाई ‘आइसीयु’कक्षमा राखिएको र स्वास्थ्य अवस्था स्थीर रहेको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
चिकित्सककाअनुसार एपेन्डिसाइटिस भएमा जतिसक्यो चाँडो शल्यक्रिया गर्नुपर्ने हुन्छ ।
यसअघि, प्रधानमन्त्री ओलीको मिर्गौलामा समस्या देखिएका कारण गएको कात्तिक र यही मंसिर महिनामा गरी चारपटक ‘डायलासिस’ गरिसकिएको छ ।
प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रकाशित मिति : मंगलबार, मंसिर १० २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij