बुटवल ।
प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहमा रिक्त पदका लागि भएको उपनिर्वाचनमा मतदान सकिएको छ । आज विहान ७ बजेबाट शुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।३७ जिल्लामा ५२ रिक्त पदका लागि २४७ मतदानस्थल तथा ५३७ मतदान केन्द्रमा मतदान भएको थियो । केन्द्र र प्रदेशमा गरी ७० प्रतिशत भन्दा धेरै मत खसेको निर्वाचन आयोगले अनुमान गरेको छ ।आयोगका अनुसार मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । निर्वाचन भएका केही जिल्लामा भने बम विस्फोटहरु भए कास्की २ मा प्रतिनिधिसभाको उपनिर्वाचन सम्पन्न भएको छ
कपिलवस्तुको उपनिर्वाचनमा ८३ प्रतिशत मत खसेको छ। शिवराज नगरपालिका १० मा आज सम्पन्न मतदानमा ८३।१० प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले बताउनुयो। २ हजार ७२ मतदाता रहेको उक्त वडामा मतदानको निर्धा्रित समय साँझ ५ बजेसम्म १ हजार ७ सय २२ मतदान भएको प्रजिअ श्रेष्ठले जानकारी दिनुभएको छ। २ वटा मतदानस्थल र ३ वटा मतदान केन्द्र रहेको सो वडामा त्रिपक्षीय भिडन्त रहेको छ। २०७४ असोज २ गते भएको स्थानिय तहको निर्वाचनमा सो वडाबाट स्वतन्त्रबाट जितेकी शकुन्तला भारतीको मृत्यु भएपछि सो वडामा निर्वाचन भएको हो।
त्यस्तै पूर्वी नवलपरासीको बुंदीकाली गाउँपालिका वडा नं। ५ मा वडाअध्यक्षका लागि भएको मतदान शान्तिपूर्ण रुपमासम्पन्न भएको छ । विहान सात बजेदेखि शुरु भएको मतदान साँझ ५ बजे सकिएको थियो ।स्थानीय ५४ बर्षीय महिला धनमाया सुनारीले पहिलो मतदान गरेर मतदान शुरु गरेकी हुन् ।८ सय ५३ जना मतदाता रहेका यस वडामा ६ सय १५ मत अर्थात जम्मा मतको ७२ दशमलब ०९ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जसमा महिलाको ३ सय ५८ र पुरुषको २ सय ५७ मत खसेको छ ।मत खसेको मतदान सकिए लगतै बुंदीकाली गाउँपालिकाको कार्यालय रहेको स्थानमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा रातिदेखि नै मतगणना शुरु भएको छ ।

अर्घाखाँचीको मालारानी गाउपालीका वार्ड न। ३ मा वडा अध्यक्ष पदको लागी भएको उपनिर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । ३०११ मतदाता रहेको उक्त वार्डमा दुइवटा मतदान स्थल रहेका थिए । विहान ७ बजेनैै शुरु भएको निर्वाचनमा २२२५ मत खसेको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताउनु भएको छ ।आदर्श मावि खनदह केन्द्रमा ११६९ र सुन्दरा आधारभुत बिद्यालयमा १०५६ मत खसेको होे । सर्र्बदलिय बैठक बसी आज देखीनै मत गणना सुरुहुने मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले जानकारी दिनुभयो ।
दाङमा आज भएको उपनिर्वाचन शान्ति पूर्ण रुपमा सकिएको छ । दाङको निर्वाचन क्षेत्र नं। ३ ९२०मा प्रदेशसभा सदस्य पदका लागि र घोराही उपमहानगरपालिका वडा नं। १६ मा वडा अध्यक्ष पदका लागि उपनिर्वाचन भएको छ । ती दुई स्थानमा गरेर यो उपनिर्वाचनमा दाङमा कुल मतदाता संख्या ७३ हजार १ सय ७२ रहेको थियो । त्यसमध्य ४८ हजार ९ सय ४४ मत खसेको छ । प्रतिशतमा त्यो ६६.८९५ हुने दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रशाद रिजालले जानकारी दिनुभयो । उपनिर्वाचनमा मताधिकार पाएका मध्य २४ हजार ९ सय ४४ जनाले मतदान नगरेको देखिएको छ ।
प्रदेशसभा ३९२० मा जम्मा मतदाता संख्या ६८ हजार ७ सय १९ रहेकोमा मतदान जम्मा ४५ हजार ७ सय १८ मात्रै भएको छ । यहाँ २३ हजार १ जना मतदाता मतदानमा सहभागि भएनन् । खसेको मत मध्य २५ हजार ५ सय ९० महिला र पुरूष २० हजार १ सय २८ जनाले मतदान गरेका छन् । प्रदेशको मात्रै प्रतिसतमा भन्नुपर्दा ६६।५३ प्रतिसत मत खसेको छ ।
त्यसैगरी घोराही उपमहानगरपालिका वडा नं १६ को निर्वाचन कुल मतदाता संख्या ४ हजार ४ सय ५३ रहेकोमा ३ हजार २ सय २६ मत खसेको छ । यहाँ १ हजार २ सय २७ मतदाता मत हाल्न गएनन् । घोराही १६ मा १ हजार ८ सय ८ महिलाले मतदान गरेका छन् भने १ हजार ४ सय १८ पुरुषले मतदान गरेका छन् । घोराही वडा नं। १६मा मात्रै जोड्दा मत खसको प्रतिसत ७२.४४५ हुन आउँछ ।
यसैबीच घोराही वडा नं। १६ को मतगणना भने केही बेरमै सुरु गर्ने तयारी गरिएको छ । प्रदेशसभा सदस्य पदको मत गणना भने भोली विहानदेखि मात्रै हुने भएको छ । त्यस्तैरोप्लाको थबाङ गाउँपालिका वडा नम्वर १ मा भएको उपनिर्वाचनमा १६ प्रतिशत मतदान भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १ हजार २ सय ७४ मतदाता रहेको यो वडामा जम्मा दुई ९ मत खसेको जिल्ला न्यायाधिस रमेश ज्ञवालीले बताउनुभयो । १ सय १२ महिला र ९७ पुरुषले मतदान गरेका हुन ।निर्वाचनका क्रममा केहीबेर त्रासपुर्ण वातावरण पनि सृजना भएको थियो । मतदाता मतदान गर्न नआए पछि सुरक्षाकर्मीले स्कटीङ गरेको भन्दै स्थानियले ढुंगामुढा समेत गरेका थिए । बिहानै देखि सुनसान मतदान स्थल बेलुका सम्म पनि सुनसान जस्तै थियो ।बाक्लो सुरक्षा घेराका बिचमा सम्पन्न निर्बाचन केन्द्रमा दिउसो ३ बजेदेखि नै मतदाता थिएनन् । मतगणना केहिबेरमा सुरु हुने निर्वाचन कार्यालयले जनाएको छ ।
गुल्मीको रुरुक्षेत्र वडा नं ६ रिमुवामा वडा अध्यक्षका लागि भएको निर्वाचनको मतदान शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ। रुरुक्षेत्र गाउँपालिका६ रिमुवामा वडा अध्यक्षका लागि भएको निर्वाचनमा कुल एक हजार ५४४ मत खसेको मतदान अधिकृत शान्ति शर्माले जानकारी दिए। जसमा महिला ८७६ र पुरुष ६६८ जनाले मतदान गरेको शर्माले जानकारी दिनुभयो। जसअनुसार ७५ दशमलब ३९ प्रतिशत मत खसेको शर्माले जानकारी दिनुभयो। सो वडामा कुल दुई हजार ४८ मतदाता रहेका थिए। जिल्लाको रुरुक्षेत्र गाउँपालिका९६ को वडा अध्यक्षको लागि भएको निर्वाचन शान्तिपूर्ण रूपमा रुपमा सम्पन्न भएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले जानकारी दिनुभयो। निर्वाचनका लागि जनज्योति माध्यमिक विद्यालयमा एक मतदान स्थल र २ मतदान केन्द्रमा मतदाताले मतदान गरेका हुन्।
उता
रोल्पाको थवाङमा नेपाल कम्युनिष्ट पार्टी का जनकबहादुर बुढा १७४ मत ल्याएर थवाङ १ को अध्यक्षमा निर्वा्चित हुनुभएको छ ।कांग्रेसका कलमबहादुर बुढाले २६ मत प्राप्त गर्नुभएको छ भने ९ मत बदर भएको छ ।१२८४ मतदातामध्ये २०९ मत खसेको छ ।
प्रकाशित मिति : शनिबार, मंसिर १४ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्