सैनामैना ।
प्रदेश नम्बर ५ का भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले लुम्बिनी सँग नजिक रहेको सैनामैनामा तिव्र गतिमा विकास भईरहेको बताउँनु भएको छ । सैनामैनामा आज नगर विकास समितिका पदाधिकारीहरुको पदस्थापना कार्यक्रमलाई सम्बोधन गर्दै उँहाले सैनामैनालाई ब्यवस्थित शहरको रुपमा विकास गर्न आवश्यकता रहेको े बताउँदै सैनामैनामा विकासका पुर्वाधारले तिव्रता पाएको दाबी गर्नुभयो ।प्रदेश ५ को राजधानी बुटवल बन्दै गर्दा सैनामैनामा पनि मन्त्रालयगत भौंतिक संरचना बन्ने बताउँनु भएको छ । बुटवलमा अहिले अस्थायी रुपमा प्रयोजनमा बनेका भवनमा मन्त्रालय राखिएको उँहाले बताउँदै स्थायी रुपमा राजधानि बनेपछि सैनामैनामा पनि कार्यालयहरु सञ्चालन हुने बताउँनु भएको छ ।
सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले सैनामैनालाई आधुनिक शहरको रुपमा विकास गर्नको लागि पुर्वाधार विकास गनिरे बताउँनु भएको छ । नगर विकास समितिका अध्यक्ष समेत रहनु भएका कार्कीले हरियाली शहर बनाउँदै ब्यवस्थित सडक बनाई विकास गरिने योजना अगि सारिएको दाबी गर्नुभयो । नगर विकास समितिको अध्यक्षमा नगर प्रमुख चित्र बहादुर कार्की रहनुभएको छ । यस्तै सदस्यहरुमा नारायण प्रसाद खनाल ,बुद्धि प्रसाद चौधरी रहनु भएको छ । यस्तै जिल्ला प्रशासन कार्यालय , भवन डिभिजन कार्यालय ,मालपोत कार्यालय , नापि कार्यालय , डिभिजन बन कार्यालय का प्रतिनिधि सदस्य रहने ब्यवस्था रहेको छ । सल्हाकारमा रण बहादुर खनाल, फडिन्द्र प्रसाद शर्मा , डिल्लिराज ज्ञवाली , छविलाल घिमिरे , खुशिराम चौधरी रहनुभएको छ । कार्यक्रममा प्रदेशसभाका सदस्यद्धय भूमिश्वर ढकाल, कमला विक, सैनामैना नगरउपप्रमुख बिना राना लगायतले कार्यक्रममा बोलेका थिए ।
प्रकाशित मिति : शनिबार, मंसिर १४ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्