चितवनको तिन वटै वडामा नेपाली काग्रेस विजयी

चितवनको तिन वटै वडामा नेपाली काग्रेस विजयी

चितवन ।
चितवनको उप–निर्वाचनमा नेपाली काँग्रेसले जितेको छ चितवनको तिन वटै वडामा नेपाली काग्रेस विजयी भएको हो । भरतपुर महानगरपालिका वडा नम्बर १६ मा काँग्रेसका अमृतराज हमाल, खैरहनी नगरपापलिकाको वडा नम्बर ४ मा बेद बहादु अधिकारी र खैरहनी ५ मा प्रतिमा कार्की विजयी हुनु भएको हो । भरतपुर १६ मा आज बिहान पौने ३ बजे सकिएको मतगणनामा काँग्रेसका अमृतराज हमालले ३ सय ८ मतअन्तरका साथ बाजी मार्नु भएको हो । अमृतले ३ हजार १ सय ८३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी नेकपाका भक्तराज हमालले २ हजार ८ सय ७५ मत प्राप्त गर्नु भयो ।गत निर्वाचनमा यस वडामा तत्कालिन नेकपा एमालेका उम्मेद्वार चतुर्मान गुरुङ बिजयी हुनु भएको थियो उहाको निधन भएपछि उप–निर्वाचन गरिएको हो । कूल ६ हजार २ सय ५० मत खसेकोमा १ सय २१ मत भने बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
यस्तै पुर्बी चितवनको खैरहनी नगरपापलिकाको वडा नम्बर ४ र ५ मा नेपाली कांग्रेसनै विजयी भएको छ ।हिजो भएको उपनिर्वाचनमा कांग्रेसका उम्मेद्धार खैरहनी ५ मा प्रतिमा कार्की बस्नेत र खैरहनी ४ मा बेद बहादु अधिकारी विजयी भएका हुन ।वडा नम्बर ५ मा नेपाली काँग्रेसकी उम्मेद्धार प्रतिमा कार्कीले नेकपाका उम्मेद्वार पुननारायण प्रधानलाई ८६ मत अन्तरले पराजित गर्नु भएको हो । कार्कीले ८४२ मत र प्रधानले ७५६ मत प्राप्त गर्नु भएको छ।
त्यस्तै खैरुहनी ४ मा नेपाली कांग्रेसका देव बहादुर बस्नेतले नेकपा बेद बहादुर अधिकारीलाई १ सय ५२ मत अन्तरले पराजित गर्नु भएको हो । बस्नेतले ११ सय ३८ र अधिकारीले ९ सय ८६ मत प्राप्त गर्नु भएको थियो ।

प्रकाशित मिति : आइतबार, मंसिर १५ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij