सुनौली नाकामा यात्रुलाई हैरानी दिने ४ जना प्रहरी नियन्त्रणमा

सुनौली नाकामा यात्रुलाई हैरानी दिने ४ जना प्रहरी नियन्त्रणमा

बुटवल । नेपाल भारत सीमाको सुनौली नाकामा यात्रुहरुलाई दुःख हैरानी दिने ४ जना भारतीय युवकहरुलाई शसस्त्र प्रहरीले नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई बुझाएको छ ।

शसस्त्र प्रहरी बल नेपाल २७ नम्बर गण हेड क्वाटर रुपन्देहीबाट तालिम प्राप्त कुकुर परिचालनसहित खटिएको टोलीले गरेको स्वीप अप्रेशनका क्रममा बेलहिया नाका स्थित यात्रु शाखामा बसेर यात्रुहरुलाई अनावश्यक हैरानी दिइरहेको अवस्थामा ४ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको रुपनदेही प्रहरीले जनाएको छ

पक्राउ पर्नेहरुमा भारत उत्तर प्रदेश महाराजगन्ज कुलही घर भएका २१ वर्षिय राजपालसहित ४ जना रहेका छन् । राजपालको साथबाट ४ हजार ९५० भारतीय रुपैयाँ र नेपाली रकम रु ४०० रुपैया तथा मोबाइल १० थान बरामद भएको प्रहरीले जनाएको छ । अन्य पक्राउ पर्नेहरुमा भारत उत्तरप्रदेश कुशीनगर बस्ने २१ वर्षिय विपिन कुसुवा र २२ वर्षिय साजित अन्सारी तथा भारत उत्तर प्रदेश गोरखपुर इटहीया बस्ने वर्ष २५ वर्षिय अमित यादव रहेका छन् ।

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : सोमबार, असार २२ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij