बुटवल
सम्भावित अविरल वर्षाका कारण हुन सक्ने बाढी तथा डुबानको उच्च जोखिमलाई मध्यनजर गर्दै बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन स्थगन गर्ने निर्णय गरेको छ।
बुटवल उपमहानगरपालिकाले नगर प्रमुखस्तरीय निर्णयअनुसार २०८३ असोज ८ गते दिवा सत्रका कक्षा मात्र बन्द गर्ने जनाएको छ। त्यस्तै असोज ९ गते बिहानी तथा दिवा दुवै सत्रका सम्पूर्ण कक्षा बन्द रहनेछन्।
उपमहानगरपालिकाले बाढी तथा प्राकृतिक विपद्को जोखिमयुक्त समयमा बालबालिकाको सुरक्षालाई विशेष प्राथमिकता दिन अभिभावक तथा विद्यालय परिवारलाई आग्रह गरेको छ। साथै, बालबालिकालाई खोला किनार तथा अन्य जोखिमपूर्ण क्षेत्रमा जान नदिन र उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।
उपमहानगरपालिकाले जारी गरेको सूचनामा विद्यालयहरूलाई उक्त निर्णयअनुसार पठनपाठन बन्द गरी आवश्यक कार्यान्वयन गर्न/गराउन समेत निर्देशन दिएको छ।
प्रकाशित मिति : बिहिबार, असोज ८ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्