पाल्पा , सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा खण्डमा आजदेखि रातिको समयमा सवारी आवागमन बन्द हुने भएको छ।
बिहीवार अर्थात् आजदेखि आगामी सोमबारसम्म रातिको समयमा सवारी चलाउन रोक लगाइएको हो। प्रत्येक दिन बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म उक्त सडकखण्डमा सवारी आवागमन बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले बताएका छन् ।
पछिल्लो समय मौसममा आएको परिवर्तनका कारण पाल्पा जिल्लामा निरन्तर वर्षा भइरहेको र आगामी केही दिनसम्म अति भारी वर्षा हुन सक्ने सम्भावना रहेको हुँदा सवारी आवागमन बन्द गर्नुपरेको जिल्ला प्रशासन कार्यालय पाल्पाले आज सूचना प्रकाशित गरी जनाएको छ।
सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा खण्ड निकै जोखिम क्षेत्र हो। नेपाल मौसम विज्ञान विभागबाट अति भारी वर्षा हुन सक्ने सम्भावनासहितको सूचना जारी भएको तथा यसबाट बाढी, पहिरो, डुबानलगायत विपद्जन्य जोखिम उत्पन्न हुन सक्ने अवस्थालाई मद्देनजर गर्दै यात्रु तथा सवारीसाधनको सुरक्षा सुनिश्चित गर्न सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको सूचनामा उल्लेख छ।
प्रकाशित मिति : बिहिबार, असोज ८ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्