रुपन्देहीबाट लाखौं मूल्यका ९ बोरा अबैध पटाकासहित ४ जना पक्राउ

रुपन्देहीबाट लाखौं मूल्यका ९ बोरा अबैध पटाकासहित ४ जना पक्राउ

बुटवल । रुपन्देहीको सैनामैनाबाट प्रहरीले लाखौं मूल्यको अबैध पटाका बरामद गरेको छ । इलाका प्रहरी कार्यालय रन्यौरा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सैनामैना नगरपालिका वडा नं. ०४ रन्यौरा क्षेत्रबाट ठुलो परिमाणमा पटाका बरामद गरेको हो ।

प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय रन्यौरा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा रुपन्देही कोटहिमाइ गाउँपालिका वडा नं ५ का स्थानीय धर्मराज यादबले चलाएको बा २१ च २२४९ नम्बरको पिकअप जिपलाई शंका लागि रोकी चेकजाँच गर्नै क्रममा ९ बोरा बिभिन्न प्रकारका पटाका बरामद गरेको हो । प्रहरीले पटाकासहित ४ जनालाई समेत पक्राउ गरेको छ । पटाकाको अन्दाजी मूल्य ५ लाख पर्ने प्रहरीले जनाएको छ ।

पटाका सहित पक्राउ पर्नेहरुमा कोटहीमाइ गाउँपालिका वडा नं ५ का गाडी चालक २५ वर्षिय धर्म राज यादब, सोही स्थानका १८ वसर्षय शुसिल यादव तथा सम्मरीमाइ गाउँपालिका वडा नं. ७ का ३२ वर्षिय अक्लेश मौर्या र १९ वर्षिय सन्तोष कुर्मी रहेका छन् ।उनीहरु सवार बा २१ च २२४९ नम्बरको पिकअप जिप पनि प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरुका सम्बन्धमा विष्फोटक पदार्थ ऐन वमोजिम थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : शुक्रबार, असोज २३ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij