काठमाडौं । बङ्गालको खाडीमा विकसित हुँदै गरेको नयाँ चक्रवातले नेपालको मौसममा उल्लेखनीय प्रभाव पार्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हालको मौसम विश्लेषण गर्दा उक्त चक्रवातका कारण नेपालमा तत्काल उल्लेखनीय मौसमी परिवर्तन हुने देखिएको छैन
महाशाखाले चक्रवातको अवस्थालाई निरन्तर निगरानी गरिरहेको जनाएको छ। आवश्यकताअनुसार थप मौसमी सूचना तथा अद्यावधिक विवरण सार्वजनिक गरिने पनि महाशाखाले स्पष्ट पारेको छ
महाशाखाले सर्वसाधारण तथा सम्बन्धित निकायलाई पछिल्लो मौसमी सूचना र पूर्वानुमान नियमित रूपमा अवलोकन गर्न आग्रह गरेको छ ।
प्रकाशित मिति : आइतबार, कार्तिक १५ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्