बुटवलको सार्वजनिक सुनुवाइ : स्थानीय सरकारबाट प्रवाह हुने सेवा सुविधा थप सहज बनाउने प्रतिवद्वता

बुटवलको सार्वजनिक सुनुवाइ : स्थानीय सरकारबाट प्रवाह हुने सेवा सुविधा थप सहज बनाउने प्रतिवद्वता

बुटवल

बुटवल उपमहानगरपालिकाकाे सार्वजनिक सेवा प्रवाहका सन्दर्भमा आयोजित आर्थिक बर्ष २०८३/०८४ काे प्रथम चाैमासिक अवधिकाे सार्वजनिक सुनुवाइ कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

बुटवलको ऐतिहासिक जितगढी किल्लामा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा बुटवलका नगर प्रमुख खेलराज पाण्डेयले आफ्नो कार्यकालको अन्तिम समयमा आइपुग्दा बुटवललाई सबैको साझा थलोकाे रूपमा विकास गर्ने पर्यत्न गरेको भन्दै नगरबाट प्रवाह हुने सेवा सुविधा सहज बनाउने प्रयास गरेको बताए ।

 

बुटवल उपमहानगरपालिकालाई देशकै प्रमुख आर्थिक केन्द्रकाे रूपमा विकास गर्नेगरि योजना अगाडि बढाइएको भन्दै नगर प्रमुख पाण्डेयले विकास निर्माणका काममा सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्नेमा जाेड दिए ।

 

जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त कार्यालय भवन मर्मत सम्भारका लागि संघीय सरकारबाट सहयोग हुन्छ कि भनेर पर्खदा ढिलाइ भएको प्रस्ट्याउदै उनलेे केन्द्र बाट सहयोग नभएपछि चालू आर्थिक बर्ष भित्रै मर्मतकाे काम सुरु गर्ने योजना रहेको जानकारी गराए ।

 

साे अवसरमा सहभागी स्थानीयहरूले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बुटवल उपमहानगरपालिकाकाे कार्यालयकाे मर्मत सम्भार,अधुरा योजना पुरा गर्ने सुनिश्चितता,सुकुम्बासी तथा अव्यवस्थित बसाेवासी समस्या,कतिपय ठाउँमा मापदण्ड बिपरित नदिजन्य पदार्थको उत्खनन्,शुद्व पिउने पानीको ब्यवस्थापनलगायतका बियमा जिज्ञासा राखेका थिए ।

 

बुटवल उपमहानगरपालिकाकी उप प्रमुख सावित्रा देवी अर्यालले बुटवलको खानेपानीको मुख्य स्रोत दुषित रहेकोले त्यसलाई स्वच्छ बनाउन खानेपानी संस्थानसँग समन्वय भइरहेको जानकारी दिइन् ।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नगर संयोजक राजन पाण्डे,नेकपा एमालेका नगर अध्यक्ष शाेभाकर पाेखरेल,नेपाली कम्युनिस्ट पार्टी बुटवलका संयोजक महेन्द्र भुसाल,राप्रपा बुटवलका अध्यक्ष लक्ष्मण श्रेष्ठ,नेकपा माओवादी बुटवलका इन्चार्ज बिष्णुप्रसाद बेलबासे,इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख निशान्त श्रीवात्सवलगायतले कार्यक्रमकाे आवश्यकता र महत्त्व बारे आ आफ्नो भनाइ राखेका थिए ।

बुटवल स्थित खस्याैली एफएमको सहजिकरणमा सम्पन्न कार्यक्रममा एफएमका कार्यक्रम प्रमुख युवराज बस्यालले बुटवल उपमहानगरपालिकाकाे सेवा प्रवाह बारे गरिएको सर्वेक्षण प्रस्तुत गरेका थिए

प्रकाशित मिति : बुधबार, कार्तिक १८ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij